नेपालमा सुरुङ निर्माणको भविष्य र विस्फोटक पदार्थहरूको भूमिका
नेपाल एक विकासशील देश हो, जहाँ जनताको आर्थिक उन्नतिका लागि आधारभूत संरचनाको विकास गर्नु अत्यावश्यक छ। नेपालमा सुरुङ निर्माणको सुरुवात सन् १९१७ मा भएको हो, जब काठमाडौं र रक्सौलबीच व्यापार सुगम बनाउन लगभग ५०० मिटर लामो चुरे सुरुङ (राजमार्ग सुरुङ) बनाइएको थियो। भूमिगत स्थानको उपयोग नेपालमा नयाँ होइनस प्राचीन कालदेखि नै मानिसहरूले तामा, फलाम, क्वार्ट्ज सिलिका, कोबाल्ट, निकेल र अन्य रंगीन धातुहरू निकाल्न साना सुरुङ र गुफाहरू खनेर यसको प्रयोग गर्दै आएका छन्। हालैका वर्षहरूमा मध्यम क्षमताका जलविघुत परियोजनाहरू बढेसँगै सुरुङ निर्माणको कार्य पनि धेरै बढेको छ। नेपालमा सुरुङ र भूमिगत संरचनाहरू मुख्य रूपमा चार प्रमुख क्षेत्रहरूमा आवश्यक छन् :
१. पानी प्रवाह (जलस्रोत प्रबन्धन)
२. सडक सुरुङ
३. खानी
४. खाद्य भण्डारण
नेपालमा आधुनिक र संगठित तरिकाले सुरुङ निर्माणको सुरुवात सन् १९७० मा तिनाउ जलविद्युत आयोजना (बुटवल नजिक) बाट भएको हो, जसमा पहिलो पटक सुरुङ र भूमिगत पावर हाउस बनाइएको थियो। त्यसपछिका वर्षहरूमा यहाँ १०० किलोमिटरभन्दा बढी लामा सुरुङहरू निर्माण भइसकेका छन्। यसको उदाहरण मेलम्ची खानेपानी आयोजनाको २५.९ किलोमिटर लामो सुरुङ हो, जुन अहिलेसम्मको सबैभन्दा लामो सुरुङ हो। धेरै अन्य सुरुङहरू हाल नेपालमा निर्माणाधीन अवस्थामा छन्। यसैगरी, नागढुंगा सुरुङ (देशको पहिलो राजमार्ग सुरुङ आयोजना) निर्माणको अन्तिम चरणमा पुगेको छ, जसले नेपालको पूर्वाधार विकासमा ठूलो प्रगतिको संकेत दिन्छ।
नेपालमा विस्फोटक पदार्थको प्रयोग र यसको विकास
विश्वभरका जटिल भूगर्भीय क्षेत्रहरूमा जस्तै नेपालमा पनि सुरुङ निर्माणका लागि विस्फोटकको प्रयोग अपरिहार्य छ। देशमा विस्फोटकको उपयोगको इतिहास सन् २००० देखि सुरु भएको हो, जुन सुरुवाती चरणमा प्रमुख रूपले खनन कार्य र सडक निर्माणसम्म सीमित थियो। वर्तमान समयमा यस प्रविधिले सुरुङ निर्माण र अन्य जटिल पूर्वाधार परियोजनाहरूमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको छ।
नेपालमा सुरुङ निर्माणको प्रमुख विधि ‘ड्रिल एण्ड ब्लास्टु’ (Drill and Blast) हो। यस विधिमा चट्टानमा ड्रिलिङ गरी प्वालहरू बनाइन्छ र तिनमा विस्फोटक राखेर विस्फोट गरिन्छ, जसले गर्दा चट्टान चूर्ण भई टुक्रा हुन्छ। यद्यपि यो प्रविधि कार्यक्षम भए तापनि, विशेषतः अस्थिर चट्टानी संरचनामा अत्यधिक चट्टान भत्किने (Overbreak) समस्या उत्पन्न हुन सक्छ। यसले निर्माण खर्च बढाउनुका साथै सुरक्षा सम्बन्धी जोखिम पनि बढाउँछ।
२०२५ सम्म नेपालले सुरुङ निर्माणका विभिन्न परियोजनाहरूमा डेटोनेटर, पहल प्रणाली, प्याक गरिएको विस्फोटक लगायत विभिन्न प्रकारका विस्फोटक सामग्रीहरू प्रयोग गरिसकेको छ। यी विस्फोटक सामग्रीहरूको चयन वातावरणीय परिस्थिति, भूगर्भीय बनावट, र सामग्रीको उपलब्धताको आधारमा सतर्कतापूर्वक गरिन्छ।
नेपालको जटिल भूगर्भीय संरचनाहरू अझै पनि ठूला चुनौतीपूर्ण छन्। यस समस्याको समाधानका लागि देशले अब ‘टनल बोरिङ मेशिन’ (TBM) प्रविधि अपनाउँदै गरेको छ। यस प्रविधिको प्रयोगले सुरुङ निर्माण कार्य छिटो, सुरक्षित र पर्यावरण अनुकूल बनाउँछ, जुन नेपालजस्तो जटिल भौगोलिक अवस्था भएको देशका लागि विशेष उपयोगी छ।
नेपालमा सुरुङ निर्माणको क्षेत्र उज्ज्वल सम्भावनाले भरिएको छ। जलबिद्धुत उत्पादन, यातायात व्यवस्था र अन्य आधारभूत संरचना विकासका परियोजनाहरूसँगै यस क्षेत्रमा आधुनिक प्रविधिको प्रचलन तीव्र गतिमा बढ्दै गइरहेको छ। यद्यपि प्रारम्भिक चरणहरूमा विस्फोटक प्रविधिको प्रयोग गरिएको थियो, तर अहिले संगसंगै आघुनीक प्रविधिको पनि प्रयोग हुदै आएको छ जस्तैः टनेल बोरिङ मेसिन (TBM)। यसले देशको दिगो आधारभूत विकासमा महत्त्वपूर्ण र टिकाऊ योगदान दिने अपेक्षा गरिएको छ।